काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सिंहदरबारमा सडक सुरक्षा सम्बन्धी विज्ञहरू र सरोकारवालहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री डा.गौतमले सडक दुर्घटना प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको र विशेष गरी यसबाट जेन्जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित रहेको बताइन् ।

उनले दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायहरूको समन्वय र नागरिक सचेतना अनिवार्य रहेको समेत बताइन् । नेपालमा हुने सडक दुर्घटनाका मृत्युमध्ये झण्डै आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको छ । यस जोखिमलाई कम गर्न युनिभर्सल हेल्मेट ल (चालक र पछाडि बस्ने दुवैले अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम) तुरुन्तै लागू गर्नुपर्नेमा सबै सरोकारवालाहरूले जोड दिएका छन् ।

सन् २०२१ को रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनाबाट वार्षिक हाठ हजार जनाले ज्यान गुमाउँछन् । जुन दक्षिण एसियाको औसतभन्दा झण्डै दोब्बर हो । दुर्घटनाले नेपाललाई वार्षिक ३ अर्ब अमेरिकी डलर (जीडीपीको ७ प्रतिशत) आर्थिक क्षति पु¥याइरहेको छ ।

हाल वार्षिक ५.४ प्रतिशतले दुर्घटना बढिरहेको सन्दर्भमा सन् २०३० सम्म मृत्युदर आधा घटाउने लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ । कुल ग्राहस्थ उत्पादनको ०.४ प्रतिशतमात्रै सडक सुरक्षामा लगानी गरे वर्षमा तिन हजारको जीवन जोगाउन सकिने विज्ञहरूको निष्कर्ष रहेको छ ।

 प्रकाशित :-  २०८२ माघ ८, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय