काठमाडौं । विज्ञान र दर्शनबीचको सम्बन्धलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने उद्देश्यले युवा वैज्ञानिक तथा लेखक मिथिलेश ठाकुरले लेखेको नयाँ पुस्तक ‘Quantum Horizons: Exploring cosmos with science through and philosophy’ सार्वजनिक भएको छ।
२२ मेमा प्रकाशित यो कृति क्वान्टम सिद्धान्तदेखि ब्रह्माण्डीय रहस्य, चेतना र समयसम्बन्धी दर्शनसम्मका जटिल विषयवस्तुलाई नेपाली पाठकका लागि सरल, बौद्धिक र आकर्षक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।
पुस्तकले सुपरपोजिसन, एन्ताङ्गलमेन्ट, सापेक्षतावाद (रिलेटिभिटी), बिग ब्यान, मल्टिभर्स, चेतना र समयको प्रकृति जस्ता विषयहरूलाई वैज्ञानिक विश्लेषणसँगै दार्शनिक दृष्टिकोणबाट समेत समेटेको छ। यसले विज्ञानप्रेमी, नवप्रवेशी र अनुभवी सबै पाठकका लागि उपयोगी हुन सक्ने विश्वास लिइएको छ।
मिथिलेश ठाकुर यसअघि ‘Threads of the Cosmos’ र ‘Hanuman: The Unstoppable Journey’ मार्फत परिचित भइसकेका छन्। नयाँ कृति Quantum Horizons नेपाली वैज्ञानिक–दार्शनिक लेखनमा अन्तरविषयक (इण्टरडिसिप्लिनरी) अभ्यासको सशक्त उदाहरणका रूपमा हेरिएको छ।
पुस्तक Booktopia लगायत विभिन्न अनलाइन प्लेटफर्महरूमा डिजिटल संस्करणमार्फत उपलब्ध छ।

