काठमाडौं । नेकपा माओबादी केन्द्रले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौताबारे स्पष्ट धारणा राख्नुपर्ने माग गरेको छ । माओवादी केन्द्रका सांसद् वर्षमान पुनले शिक्षक महासंघसँग गरेका सम्झौताबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।

पुनले भने, “शिक्षक महासंघसंग गरिएको सम्झौताबारे सरकारको स्पष्ट धारणा आउनुपर्छ । फाष्ट ट्रयाकबाट शिक्षा विधेयक पारित गर्नुपर्छ यसका लागि हाम्रो पार्टी सहयोग गर्न तयार छ । ” शिक्षकहरु यथासिघ्र शिक्षा विधेयक पारित गर्न माग गर्दै काठमाडौंमा आन्दोलनरत छन् ।

 प्रकाशित :-  २०८२ बैशाख १२, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय