काठमाडौँः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गते देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को एसईईको समयतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
परीक्षा चैत १९ गते मङ्गलवारसम्म सञ्चालन हुनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

प्रकाशित :- २०८१ माघ १, मंगलबार

