काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाको शिक्षा, सूचना तथा प्रविधि समितिमा शिक्षा विधेयकका सम्बन्धमा छलफल शुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको सहभागितामा छलफल शुरु भएको हो ।

समितिले आज विधेयकलाई अन्तिम टुंगो लगाउने तयारी गरिएको छ । असार १५ र १६ गते बसेको बैठकले सरोकारवालासंग थप छलफल गर्न समय दिएपछि आज बैठक बस्न थालेको हो ।
शिक्षामन्त्री पन्तलाई सरोकारवालासंग थप समेत छलफल गरि समिति पेश गरेको समिति सभापति अमरवहादुर थापाले जानकारी दिनुभयो । मन्त्रीले सहमत गरेका कुरा समितिमा छलफल गर्नका लागि आजको समिति बैठक बसेको हो ।

 प्रकाशित :-  २०८२ श्रावण २३, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय