काठमाडौँ। बजारमा सजिलै र सस्तो पाइने तरकारी हो स्कुस।
स्कुस बहुउपयोगी, बहुगुणी तरकारी हो। स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ।
यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व हुने भएकाले स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो। स्कुस पोषक तत्वले धनी तरकारी हो।
यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ। एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित यति धेरै पोषक तत्व पाइन्छ।
स्कुसका फाइदाहरु एन्टिअक्सिडन्टको उपलब्धताः स्कुसका धेरै फाइदाहरू छन्। यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ। एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ।
मुटुको स्वास्थ्यका लागिः स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ। जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ। जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ। यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्दत गर्छ।
रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगीः घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बोहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ। स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पुर्याउँछ।
क्यान्सर कम गर्नः उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने गर्छ। एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ।
मिर्गौलाको कामलाई सहज बनाउनः फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ। कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ। यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ।

