शरिरका विभिन्न अंगहरुलाई स्वस्थ राख्नका लागि जसरी मुटुबाट रक्तनलीहरुको माध्यमले रक्तसञ्चार हुने गर्छ, ठिक त्यसरी मुटुलाई पनि स्वस्थ राख्नको लागि विशेष किसीमको रक्तनलीले निरन्तर रक्त सञ्चार गराइराखेको हुन्छ । कोरोनरी आर्टरी दुई वटा(दाँया र वाँया) हुन्छन् ।

यीनै रक्तनलीको रक्त प्रवाहमा अचानक बाधा हुन गएमा मुटुको मासंपेशीलाई जिवित राख्न चाहिने रक्तसञ्चार नपुगेर हृदयघात हुने गर्छ । कोरोनरी आर्टरीभित्र रक्त प्रवाह अचानक बन्द भएमा हृदयघात हुन्छ । अचानक छातीको विच भागमा दुख्नु वा असजिलो हुनु हृदयघातको कारणले हुन सक्छ ।

हृदयघात भएको कसरी थाह पाउने ?
हृदयघात अकस्मात् हुने रोग भएकाले छाती दुख्ने तथा यससँग सम्बन्धित अन्य लक्षणहरुपनि अचानकनै सुरु हुन्छन् ।
छाती दुख्नु वा पोल्नु,
मुटु ढुकढुक हुनु,
रिगंटा लाग्नु,
पसिना आउनु,
वाकवाकी लाग्नु वा उल्टी हुनु,
छातीमा असजिलो अनुभव गर्नु,
हृदयघातका कारणहरु भएका विरामीहरुमा यस्ता लक्षण देखिनासाथ यथासिघ्र आकस्मीक सुविधा भएको अस्पताल पुगेर इसीजी गराइहाल्नुपर्छ । (मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनीलको म पनि डाक्टर पुस्तकबाट)

 प्रकाशित :-  २०८० चैत्र २७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय