मज्जाले पचाउँछ शैलीमा खाइदिने ।’

तर, मनको लड्डु खाए जस्तो सजिलो कहाँ हुन्छ र ?

नेपाली जिब्रोलाई चिनियाँ स्वादमा बानी पार्नै कठिन । त्यसमाथि कतिथरी खानेकुरा । डाइनिङ हलमा दुई-तीन लहरमा खानेकुरा नै खानेकुरा । आफ्नो प्लेटमा उठाउँदै, चाख्दै गरेर पनि साध्य नहुने । कति खानेकुरा भेट्नै गाह्रो, कति आँट्नै गाह्रो ।

२० दिनको चीन बसाई वास्तवमा हाम्रो लागि खाना उत्सव जस्तो पनि भएको थियो । नितान्त नौलो चाइनिज व्यञ्जनले हामीलाई छाकैपिच्छे उत्सुक बनाइरहन्थ्यो ।

उहान रिर्सच इन्सटिच्युट अफ पोष्ट एण्ड टेलिकम्युनिकेसनले आयोजना गरेको नेक्स्ट जेनेरेसन कम्युनिकेसन नेटर्वक कन्ट्रक्सन सम्बन्धि सेमिनारको अन्तिम दिन थियो । हामीलाई खानाका लागि उहानको कुनै भव्य रेष्टुरेन्टमा छिराइयो ।

त्यो रेष्टुरेन्ट कति भव्य भने हाम्रो गाउँघरको ठूलो टुँडिखेल जत्रो । जब रेष्टुरेन्टमा पाइला टेकियो, खानेकुरा हेरेरै चकित भइयो ।

त्यहाँ थरीथरी व्यन्जन सजाइएको थियो । मेरो बानी के छ भने खानामा अलि नाक खुम्च्याउने । त्यसैले प्लेटमा सीमित खानेकुरा बोकेर टेबलतर्फ लम्कदै गर्दा चिनियाँहरुको खानपान शैलीले मलाई छक्क पारिदियो ।

 प्रकाशित :-  २०८० श्रावण २५, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय