काठमाडौं, । कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालमा पहिलो पटक नयाँ सब भेरियन्ट जेएन।१ नेपालमा पनि फेला परेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जनस्वास्थ्य प्रयोगशालामा गरिएको १६ वटा नमूनाहरुको गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ देखिएको हो।
मन्त्रालयले अस्पताललाई उक्त नयाँ भेरियन्टको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ।

