काठमाडौं, २२ चैत । सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले सातामा सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
प्रकाशित :- २०८२ चैत्र २२, आईतबार

