काठमाडौँ, १८ चैत । नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) को ११ औँ राष्ट्रिय सम्मेलन यही चैत्र २० र २१ गते राजधानीमा आयोजना हुने भएको छ । नेपालमा कार्यरत आयुर्वेद चिकित्सकहरूको साझा संस्थाको रूपमा रहेको यस संघले आफ्नो ११ औँ सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको हो ।

संघकी महासचिव डा. कोपिला अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार, दुई दिनसम्म चल्ने उक्त सम्मेलन बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना गरिनेछ । सम्मेलनको औपचारिक उद्घाटन चैत्र २० गते बिहान ११:०० बजे हुने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय सम्मेलनमा देशभरका आयुर्वेद चिकित्सकहरू सहभागी हुनेछन् । सम्मेलनका दौरान आयुर्वेद चिकित्सा क्षेत्रका पछिल्ला उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे गहन छलफल हुने संघले जनाएको छ । साथै, सम्मेलनले आयुर्वेद क्षेत्रको विकासका लागि नीतिगत सुधार र पेसागत हकहितका विषयमा समेत ठोस योजना तय गर्ने अपेक्षा गरिएको छ ।

 प्रकाशित :-  २०८२ चैत्र १८, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय