काठमाडौँ १६ चैत । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य शिक्षा र सेवाको मेरुदण्ड मानिएको गेटास्थित सहिद दशरथ चन्द विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउन माग गर्दै अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्लेसँग छलफल सम्पन्न भएको छ।
कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्दको नेतृत्वमा आइतवार गएको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटी अर्बौंको लगानी भइसकेको यस परियोजनालाई थप ढिलाइ नगरी सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेको हो।

 प्रकाशित :-  २०८२ चैत्र १६, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय