काठमाडौँ, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन गरिने इन्ट्रान्स प्रिपरेसन र ब्रिज कोर्सका कक्षाहरूमा पूर्ण रूपमा रोक लगाएको छ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३ साल वैशाख १ गतेदेखि लागू हुने गरी त्यस्ता सम्पूर्ण कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको हो।
प्रकाशित :- २०८२ चैत्र १५, आईतबार

