काठमाडौँ १५ चैत । राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन औपचारिक रूपमा भङ्ग भएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनालाई कार्यान्वयन गर्ने सिलसिलामा युनियन खारेज गरिएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत २०८२ चैत १३ गते बसेको बैठकले ’शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ स्वीकृत गरेको थियो । उक्त कार्यसूचीको बुँदा नं. १२ मा उल्लेखित ’प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ सम्बन्धी निर्णयलाई आत्मसात् गर्दै युनियन भङ्ग गर्ने निर्णय लिइएको सूचनामा उल्लेख छ ।

 प्रकाशित :-  २०८२ चैत्र १५, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय