काठमाडौं । सरकारले पर्सि असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले भोलि शोक दिवस मनाइने जानकारी दिएका छन् ।
असोज १ गते सार्वजनिक बिदा दिने, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिएको छ ।
मन्त्री अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय पनि सरकारले गरेको छ । उक्त आन्दोलनमा हालसम्म देशभर ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । यस्तै, देशका विभिन्न अस्पतालमा २८३ जना अझै उपचाररत रहेका छन् ।

