काठमाडौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), काठमाण्डौ जिल्ला संगठन समितिले के.एम.सी. कलेजमा विद्यार्थीहरूमाथि यौन दुव्र्यवहार, शोषण र मानसिक तथा शारीरिक यातनाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका काठमाडौं जिल्ला संयोजक निर्मला लुवारले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल सार्वजनिक रूपमा कारबाहीको माग गर्नुभएको हो । साथै, पीडित विद्यार्थीहरूलाई सम्मानजनक व्यवहार र न्याय दिनुपर्ने जोड दिइएको छ ।

विज्ञप्तिमा हालको शिक्षण प्रणाली दलाल, असमान, व्यापारीकरणमा आधारित रहेको र त्यसले पवित्र शिक्षा क्षेत्रलाई बदनाम बनाइरहेको उल्लेख गरिएको छ । संगठनले शिक्षालयमा दोहोरिइरहेका यौनजन्य घटनाहरूको अन्त्यको माग गर्दै जनवादी शिक्षा प्रणाली स्थापनाका लागि निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘यदि दोषीमाथि कडा कारबाही नगरेमा र पीडितलाई न्याय नदिएमा संगठन आन्दोलनमा जान बाध्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

 प्रकाशित :-  २०८२ श्रावण १२, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय