काठमाडौं । १३ औ फेका अन्तर विद्यालय वक्तृत्व प्रतियोगिता शुक्रबार कौस्तुभ एकेडेमीमा सम्पन्न भएको छ । प्रतियोगितामा २७ वटा विद्यालयले भाग लिएका थिए ।
प्रतियोगितामा न्यू स्टार पोल स्कुलका स्याफ्रन श्रेष्ठ प्रथम, गेटवे एकेडेमीका दीपिका निरौला द्धितिय, शिक्षालय नेपालका अभनी खनाल तृतीय भएका छन् । यस्तै, तीनकुनेस्थित एप्पल इन्टरनेश्नल स्कुलका करुणा थापा र करीयर विल्डीङ इन्टरनेश्नल एकेडेमीका दित्या कर्मचार्यले चौथो स्थान हाँसील गरेका छन् ।
फेका वागमती प्रदेशका सहसचिव श्री राम दाहालको अध्यक्षता एबम् प्याव्सनका केन्द्रीय सहअध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको फेकाका सचीव सुसील प्रसाईले जानकारी दिनुभयो । कार्यक्रम संयोजकको रुपमा कौस्तुभ एकेडेमिका प्राचार्य किरण प्रकाश न्यौपाने रहनुभएको थियो ।

