काठमाडौं । उपभोक्ता अदालतको फैसलाले चिकित्सकलाई क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएपछि नेपाल चिकित्सक संघको नेतृत्वमा देशभर आन्दोलन चर्किएको छ। सोमबारदेखि आकस्मिकबाहेकका सेवा बन्द भएपछि सरकारले चिकित्सकलाई वार्तामा बोलाएको हो ।
हाल स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया, उद्योग मन्त्री दामोदर भण्डारी र चिकित्सक संघका पदाधिकारीबीच छलफल भइरहेको छ। संघले उपभोक्ता ऐन र मुलुकी अपराध ऐनमा संशोधन, चिकित्सकको पेशागत सुरक्षाको ग्यारेन्टी र मेडिकल काउन्सिलको अधिकार सुनिश्चित गर्न माग राखेको छ।
माग अस्वीकार भएमा लाइसेन्स फिर्ता बुझाउने चेतावनी चिकित्सकहरूले दिएका छन्।

