काठमाडौं । नेपाल डेण्टल साइन्स हाईजीनिस्ट एसोसिएशन र ओरल हेल्थ थेरापिस्ट सिंगापुरको विच पेशागत समझदारि पत्रमा हस्ताक्षर सम्झौता इन्टरनेश्नल ओरल हेल्थ कंग्रेस २०२५ को अवसर पारेर सम्पन्न भएको छ ।

सो अवसरमा दुवै देशमा हुने कार्यक्रममा सहभागिता, प्राविधिक लगायत अन्य सहयोग कार्यक्रममा सहयोग,पेशागत सहयोग आदानप्रदान गर्ने लगायत ८ वुँदे सम्झौता सम्पन्न भएको छ ।
सिगेल्था एकेडेमिया सिङ्गापुरमा सम्पन्न सम्झौतामा नेपालको नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको तर्फवाट अध्यक्ष माईकल देवकोटा र एससिएसन फर ओरल हेल्थ सिङ्गापुरको तर्फवाट अध्यक्ष ट इथेलले सँयुक्त हस्ताक्षर गरेका छन् ।

