काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मेडिकल जनशक्ती उपत्यका बाहिर जान नमानेको बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै मन्त्री पौडेलले मेडिकल जनशक्तीले उपत्यका बाहिर सुरक्षित नभएकाले जान नमानेको गुनासो गर्दै आएको भन्दै त्यसलाई सुधार गर्ने गरि काम गरिरहेको बताउनुभएको हो ।

मन्त्री पौडेलले भने, ‘ उपत्यकामा दरबन्दी भन्दा बढि छ । म आफैपनि यहाँहरुलाई नढाँटी भनिरहेको छु । तर, उपत्यका भन्दा बाहिर दरबन्दीमा जनशक्ती लैजानका लागि एकदमै अफ्ठेरो छ । एउटा त पहुँच भएका मान्छेहरुले यसलाई यहि रोकिदिनुस्, बाहिर भन्दा सुरक्षित उपत्यकामा ठानिन्छ । बाहिर सुरक्षित छैन भन्ने मेडिकल जनशक्तीको गुनासो छ । आन्तरिक क्षमता वृद्धीका लागि उपत्यकामा जे अवसर छ बाहिर त्यो छैन भन्ने खालको विषय रहेको स्थिति छ । त्यसलाई सुधार गर्ने गरि काम गरिरहेको जानकारी गराउन चाहन्छु ।’

आधारभुत अस्पताल व्यवस्थित गर्न तिनै तहका सरकारबिच समन्वय हुनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले निरोधात्मक क्षेत्रमा काम गर्नका लागि ७ सय ३६ जना जनस्वास्थ्य अधिकृत थपिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निरोधात्मक क्षेत्रमा काम गर्नका लागि ७ सय ३६ जना जनस्वास्थ्य अधिकृत यो पटक हरेक पालिकामा राख्ने भएका छौं । महानगर र उपमहानगरवाहेक अन्यत्र हरेक पालिकामा जनस्वास्थ्य अधिकृत राख्ने भनेर व्यवस्था गरेका छौं । ’ मन्त्री पौडेलले सरकारी अस्पतालहरुले ८० देखि ८५ प्रतिशत औषधीहरु पाइने व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालका फार्मेसीमा औषधी पाइन्न भन्ने गरिएको छ । जबकी जति चाहिन्छ सबै बेच्ने हो भने अस्पताललाई नाफा हुन्छ । त्यसैले हामिले भनेका छौं, अस्पतालको फार्मेसीमा औषधी नपाइने कुरा गैरकानुनी हो । आज सबै अस्पतालमा औषधीको क्षेमता बृद्धि भएको छ । समयमा औषधि खरीद गर्न नसक्नु खरीदमा प्रकृयामा समस्या पनि छ । तर, ८० देखि ८५ प्रतिशत औषधीहरु सरकारी अस्पतालको फार्मेसीमा हुनुपर्छ भनेका छौं ।’

 प्रकाशित :-  २०८२ अषाढ ९, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय