काठमाडौं । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्य क्षेत्रमा कार्यरत दर्तावाल डेन्टल असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट तथा डेन्टल साईन्स डेन्टल हाईजेनिस्टहरुलाई आफ्नो शैक्षिक प्रमाण पत्रको दुरुपयोग नगर्न आग्रह गरेको छ । एसोसिएसनले आज शुक्रवार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल स्वास्थ्य व्यवसायी परिषद मा दर्ता भई विभिन्न निजि तथा सरकारी संस्थाहरुमा कार्यरत दर्तावाल डेन्टल असिस्टेन्ट,डेन्टल हाईजेनिस्ट ,डेन्टल साईन्स डेन्टल हाईजेनिस्टहरुले आफ्नो कार्यस्थल मा आफ्नो लाईसेन्स को प्रमाणपत्र ,हासिल गरेको तह र डिग्रि प्रस्ट लेख्न अनुरोध छ । तलव लिदा र दिँदा वैङ्किङ प्रणालिवाट कर कट्टा गरि दिन तथा श्रम ऐन र नेपाल सरकारले तोके अनुरुपको तलव सेवा पाए नपाएको वारे एसोसिएसन र श्रम विभागमा उजुरि गर्न सक्नुहुने छ । आफु कार्यरत कुनै डेन्टल क्लिनिक वा अस्पताल छाड्नुपरेमा र दर्ता प्रयोजनमा सर्टिफिकेट प्रयोग भएमा सम्वन्धित संस्थालाइ राजिनामा पत्र र सो को जानकारी सम्वन्धित निकायहरु र एसोसिएसनमा गराउन अनुरोध छ । ’

उपचारको वारेमा गलत प्रचार प्रसार नगराउन समेत अनुरोध गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐनले परिषद्मा दर्तावाल व्यक्ति वाहेकले उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष सेवा मा राख्नन नपाउने कानुनि व्यवस्था छ ।

सूचनामा भनिएको छ, ‘सो कारण लाइसेन्स विनाका कुनै तालिम भएका व्यक्तिहरुलाई कुनै प्रकारले उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष संग्लग्न नगराउन अनुरोध छ।कानुनि रुपमा आफ्नो सर्टिफिकेटको दुरुपयोग गर्न पाइन्न ,सो को उल्लघन गरेमा जरिवाना सहित को कानुनि व्यवस्था छ । सो कारण आफु कार्यरत संस्था वाहेक अन्य ठाउँमा आफ्नो सर्टिफिकेट नदिन अनुरोध छ । आफ्नो संस्थामा कार्यरत जनशक्तिहरुको हाजिरि ,सम्झौता लगायत सवै विवरण पुर्ण रुपमा राख्नुहुन सवैमा अनुरोध छ ।’

एशोसियसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य संस्थालाई विना लाईसेन्स परिषद्मा दर्तावाल बाहेकलाइ काममा नलगाउन आग्रह गरे ।

 प्रकाशित :-  २०८२ जेष्ठ ३१, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय