काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय सदस्यमा दाङका रविन वलीको उम्मेदवारी परेको छ ।
किर्तीपुरमा जारी २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि वलीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
लुम्वीनी प्रदेश भुगोल तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका वलीले विद्यार्थीको हकहित र शैक्षिक मुद्धामा केन्द्रित हुने बताए । वलीले शिक्षामा सुधार, नयाँ पुस्ताको उज्जवल भविष्य सुनिश्चित गर्ने निति निर्माणमा आफूले पहलकदमी लिने बताए ।
अखिलमा ३२ वर्षे उमेरहद लागेसंगै अध्यक्षका आकांक्षिहरुको संख्या घटेको छ ।
भोली विहीबार विहान ८ बजेदेखि मतदान हुने छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका सुजन कडरियालाई अध्यक्षमा प्रस्ताव गरेपछि सहमति नजुटेको हो ।
पार्टी संस्थापनपक्षले कडरियालाई अध्यक्ष बनाउन चाहेपछि महाधिवेशन हलभित्रै अन्य पक्षले विरोध गर्दै नारावाजी गरेका थिए ।
निर्वाचनमा अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी छ । यस्तै उपाध्यक्ष खुला तर्फ विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धमेन्द्र केसी र गणेशबहादुर शाही उम्मेदवार छन् ।
यसै गरी उपाध्यक्ष(महिला तर्फ)सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराई उम्मेदवार छन्, भने महासचिवमा दीपक धामी र आके रोमसको उम्मेदवारी परेको छ ।
यस्तै निर्वाचन आयोगका अध्यक्षमा प्रशान्त भण्डारी, प्रदीप भट्टराई, मिलन घिमिरे र जितबहादुर सिटौलाले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुको जारी महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन् ।
९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
१ अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ। १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि ३ जना र ४ सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ ।
अनेरास्ववियुमा अझै पनि सहमतिमै नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी भइराखेको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जेठको २५ गतेदेखि जारी छ ।
भोली विहीबार विहान ८ बजेदेखि मतदान हुने छ ।

