काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल निर्वाचित भएको घोषणा अध्यक्ष मण्डलले गरेको छ । पार्टी कार्यालय च्यासलमा जारी बन्दसत्रबाट अध्यक्ष मण्डलले डा.पौडेललाई अध्यक्षमा घोषणा गरेको हो ।

पार्टीका शिक्षा विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले अध्यक्षमा पौडेलको नाम घोषणा गरेपछि सो प्रस्तावलाई बन्दसत्रले पारित गरेको थियो ।
यस्तै, खुला उपाध्यक्षमा रामहरी ढकाल, महिला उपाध्यक्षमा  अमृता बराल, महासचिबमा भीमराज सिंह चयन भएको  महासंघका प्रतिनिधि प्रीन्सकुमार पटेलले जानकारी दिए ।

यस्तै, सचिवमा रुपा केसी, चन्द्रबहादुर सुनार, अनुपसिंह क्षेत्री र हरिन्द्र यादव चयन भएका छन् । भोली मंगलबार विहान ८ बजे निर्वाचित केन्द्रिय कमिटिको सपथ कार्यक्रम तय भएको छ ।

केहि स्वास्थ्यकर्मीले नयाँ नेतृत्व चयन प्रकृयाप्रति असहमति जनाएको छ । असन्तुष्ट समुहले मताधिकारबाट आफूहरुलाई बञ्चीत गराएको आरोप लगाएको छ ।

 प्रकाशित :-  २०८२ जेष्ठ २०, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय