काठमाडौँः चावहिलमानयाँ स्वास्थ्य संस्थाका रुपमा “समुदायका लागि चिकित्सक संस्था” को औपचारिक सुरुवात आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।
समारोहमा प्रमुख अतिथिका रूपमा वडा प्रतिनिधि कल्पना सुनदस, समुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्की, फिल्म मेकर तथा मिडिया कर्मी अमिर के.सी, साथै विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कर्यक्रममा संस्थाको नाम, लोगो, पदाधिकारीहरूको विवरण, र ठेगाना सार्वजनिक गर्दै यसको उद्देश्य र भावी योजनाबारे जानकारी दिइयो।
प्रकाशित :- २०८२ जेष्ठ १९, आईतबार

