काठमाडौं । स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज चौलागाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौलागाईं नगद ५० हजार रुपैंया सहित ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट पुरस्कृत भएका हुन् । चौलागाईले अनलाइन खबरमा स्वास्थ्य प्रणाली, स्वास्थ्य एजेण्डाका विषयमा स्वास्थ्य विटमा रहेर रीपार्टिङ गर्दै आएका छन् । चौलागाईंले यो पुरस्कारले आफूलाई थप उत्प्रेरणा दिएको बताए । चौलागाई बिगत ८ वर्षदेखि पत्रकारीतामा सकृय छन् ।
स्वास्थ्य मन्त्रालयले चौलागाईंसहित ७ जनालाई सो सम्मान गरेको हो ।
सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी राम प्रसाद न्यौपाने (नेपाली हेल्थ) , डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभि अनलाइन), बुद्धि कटेल (मेडिकल पत्र), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवलाई पनि पुरस्कारसहित सम्मान गरिएको छ ।

