काठमाडौं: सरकारले सात वटै प्रदेशमा मुटु रोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने योजना अगाडी सारेको छ । बजेट वक्तव्यमार्फत् उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत सेवा विस्तार गरिने योजना अगाडी सारेको हो । अर्थमन्त्री विष्णु पौडेलले फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ्ग गर्ने व्यवस्था मिलाइने बताए ।

 प्रकाशित :-  २०८२ जेष्ठ १६, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय