काठमाडौंः सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् स्वास्थ्य विमा सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिने घोषणा गरेका हुन् ।

बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्दै लगिने बजेटमा उल्लेख छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने, वीमितहरूलाई फरक फरक पोलिसी छनौटको सुविधा उपलब्ध गराइने विषय बजेटमा समेटिएको छ । बीमा सुविधाको दुरूपयोग हुन नदिन दोहोरोपना हटाइने, चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिने उल्लेख छ । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरिएको बताए । हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको बताए ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।

 प्रकाशित :-  २०८२ जेष्ठ १६, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय