काठमाडौं । अनेरास्ववियुले २४औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधि छनोटको प्रक्रिया सुरु गरेको छ । अनेरास्वयुका प्रवक्ता प्रकाश ढकालले प्रतिनिधि छनोटको प्रक्रिया देशभरका क्याम्पसहरूमा एकैसाथ सुरु भएको जानकारी दिए ।

“शिक्षालाई सीप , श्रम , उत्पादन र रोजगारी संग जोडौ सामाजिक अराजकता र बडदो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौ “ भन्ने मुल नाराको साथ अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशन जेठ (२५–२८ ) काठमाडौंमा हुँदैछ ।

२४औं महाधिवेशन हाम्रो संगठनको विचार, संगठन र संघर्षको नयाँ दिशातर्फको यात्रा हो ।

ढकालका अनुसार प्रतिनिधि छनोटको प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक विधिअनुसार सञ्चालन हुनेछ ।

 प्रकाशित :-  २०८२ जेष्ठ ११, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय