काठमाडौं । आवासीय चिकित्सक र सरकारबिच तीनवटा विषयमा सहमति भएको छ । सहमति भएसँगै आवासिय चिकित्सकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गरेका छन् । शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबिच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने लगायतका विषयमा सहमति गरेका छन् ।
यस्तै, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन् ।

स्वास्थ्य मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय गम्भिर रहेका बताए । आवासिय चिकित्सकहरुले निर्वाह भत्ता लगायत माग राख्दै आन्दोलनरत थिए ।

सम्झौतापत्रमा सरकारको तर्फबाट मन्त्रालयका महाशाखा प्रमुख डा.भिमप्रसाद सापकोटा र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले हस्ताक्षर गरेका छन् ।

 

 प्रकाशित :-  २०८२ बैशाख २०, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय