काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन नगरे निजि मेडिकल कलेजको सम्वन्धन खारेज गर्नेसम्मको चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक संघका प्रतिनिधि र स्वास्थ्य मन्त्रीबिच शुक्रवार मन्त्रालयमा भएको छलफलमा आयोगको १६ औं वैठकको निर्णय व्यवहारिक रुपमै कार्यान्वयन गर्न निजि मेडिकल कलेज सञ्चालकलाई आग्रह गरेका हुन् ।

मन्त्री पौडेलले भने, “आयोगको निर्णय नमानी सुखै छैन । आयोगको निर्णय नमानेको खण्डमा निजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्नेसम्म पुगछौं ।” तर, केहि मेडिकल कलेजले आवासिय चिकित्सकहरुलाई धम्की दिएको बताएका छन् । आयोगको निर्णय भएको दुई हप्ता वितिसक्दापनि कार्यान्वयन नभएको भन्दै आवासिय चिकित्सकहरु आन्दोलनमा छन् ।

 प्रकाशित :-  २०८२ बैशाख १९, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय