काठमाडौं । सरकार र शिक्षकबिच सहमति भएसंगै भोली शुक्रवारदेखि सामुदायिक विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । विद्यालय शिक्षा ऐन लिएर फर्किने अडानमा रहेका शिक्षकहरु अन्ततः नौ बुँदे सहमति लिएर घर फर्किन लागेका हुन् । उनीहरु गत चैत २० गतेदेखि आन्दोलनमा होमिएका थिए । महासंघ र सरकारबीच वुधबार अबेर ९ बुँदे सहमति भएसँगै २९ दिन लामो आन्दोलन रोकिएको हो । शिक्षा मन्त्रालयमा तीन दिन लगातार विभिन्न चरणमा भएको वार्तामा ९ बुँदामा सहमति जुटेको थियो । सहमतिअनुसार ६० दिनभित्र शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

यस्तो छ सहमतिपत्र

 

 प्रकाशित :-  २०८२ बैशाख १८, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय