काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत शिक्षकलाई फेरी वार्तामा आउन आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले २० दिनदेखि आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
शिक्षा मन्त्री पन्तले शुक्रवार वक्तव्य जारी गर्दै भनेका छन्, “विद्यालय शिक्षा विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छर्दैछ । तसर्थ, शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु ।”
शिक्षा मन्त्री पन्तले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको बताए ।

