काठमाडौँ, । स्वास्थ्य बीमा बोर्डले आफ्ना कर्मचारीहरुलाई आचार संहिता लागु गरेको छ । बोर्डले पदाधिकारी तथा कर्मचारीलाई १० बुँदे आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंिहता लागु गरिएको बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले जानकारी दिए ।
आचारसहिंतामा कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने नपाउने उल्लेख छ ।
यस्तै दावी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीहरुले कार्यालय भित्र रहँदा व्यक्तिगत मोवाइल फोन प्रयोग नहुने भएको छ ।
बोर्डले गरेको अर्को निर्णयमा स्वास्थ्य बीमा बोर्ड र कार्याक्रमको विषयमा धारणा राख्नु पहिले सो विषय सम्वन्धीय पदाधिकारीलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
यस्तै विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरितका कार्यहरु गर्न नहुने भनिएको छ ।
यसैगरी आचार संहितामा सामाजिक सञ्जालमा सबै तहका सरकारको आलोचना गर्न राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्ने तथा राष्ट्रहित विपरितको कुनै टिप्पणी वा लाइक गर्न नपाइने उल्लेख छ ।
यस्तै औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसिमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने पनि आचार संहितामा उल्लेछ छ ।
यसैगरी जुनसुकै फाइल बारेमा तीन दिन भित्र निर्णय दिने, निर्णय दिन नसक्ने विषय कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना गर्ने र आचार संहिता पालना भए नभएको अनुगमनको व्यवस्था विमा बोर्डले गर्ने भनिएको छ ।
बैठकको समय एक घण्टा राख्नुपर्ने, आचारसहिंता पालना भए नभएको अनुगमन नियमित रुपमा स्वास्थ्य विमा बोर्ड व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

