काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरुबीच शुक्रवार बेलुकी वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार राति शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबिच वार्ता भएको हो । गत चैत २० गतेदेखि शिक्षकहरु शिक्षा विधेयक २०८१ जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्न संसद् बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा सहभागी थिए ।

 

 प्रकाशित :-  २०८२ बैशाख ५, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय