काठमाडौं, २ बैशाख ।

नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) को आयोजनामा बैशाख ५, ६ र ७ गते अन्तर्राष्ट्रिय स्तरको तीन दिने (नेपडेन्ट २०२५) सम्मेलन हुने भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा तेस्रोपटक उक्त सम्मेलन हुन लागेको संघका सचीव निरन्जन खतिवडाले बताए। सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने खतिवडाले बताए। यसभन्दा अघि संघले भृकुटीमण्डपमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।

हालसम्म नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४८ संस्थाहरुले काम गर्दै आइरहेका छन्। करिब ९० भन्दा बढी स्टल रहने उक्त सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने छ।

कार्यक्रममा दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट, डेन्टल कलेजका विद्यार्थीहरु, डेन्टल हस्पिटलका संचालकहरु, डेन्टल क्लिनिक, डेन्टल ल्याब लगायत डेन्टल सङ्ग सम्बन्धितहरुको उपस्थिति रहने नेपडेन्ट (२०२५) का संयोजक सुमन अधिकारीले बताए।

 प्रकाशित :-  २०८२ बैशाख ३, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय