काठमाडौं । मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेण्टल साईन्स हाईजेनिष्ट एसोसियसनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निशुल्क दन्त शिवीर जनचेतना मुलक कार्यक्रम गरेको छ । एसोसियसनले आज मंगलबार रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निशुल्क दन्त शिवीर जनचेतना मुलक कार्यक्रम गरेको हो ।
सो क्रममा तीन सय जनाको दन्त परीक्षण गरिएको थियो । एसोसियसनका अध्यक्ष माइकल देवकोटाले दिवसको अवसरमा देशभर एसोसियसनले मुख स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।
हरेक वर्ष २० मार्चमा पर्ने मुख स्वास्थ्य दिवसको यो वर्षको नारा एउटा स्वस्थ मुखनै स्वस्थ मस्तीष्क हो भन्ने रहेको छ ।




