काठमाडौं । स्वास्थ्य पत्रकारहरुको संगठन स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । मञ्चको शनिवार भएको निर्वाचनमा हेल्थ आवाजका कार्यकारी सम्पादक काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् । काफ्ले र नेपाल समाचारपत्र दैनिकका भगवति तिमल्सीनाविच प्रतिष्पर्धा भएको थियो । निर्वाचित भएपछि काफ्लेले आफू स्वास्थ्य पत्रकारहरुको हकहितका लागि कृयाशिल रहने बताए ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्रका सम्पादक बुद्धि कट्टेल निर्वाचित भएका छन् ।

दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको उपाध्यक्ष पदमा महेश तिमल्सिना निर्वाचित भएका छन् । यस्तै हेल्थ बानीका सञ्जीता खनाल र शरद अधिकारीको बराबर मत आएपछि एक एक वर्ष पदावधि रुपमा रहने छन् । उपाध्यक्षमा खनाल र अधिकारीले बराबर मत पाएपछि एक एक वर्ष पदमा रहने गोलाप्रथा विधिबाट सहमति भएको हो । उपाध्यक्षमा खनाल, अधिकारी, तिमल्सिना र पुरुषोत्तम घिमीरे प्रतिष्पर्धामा थिए ।

यस्तै, महासचिवमा नयाँ पत्रिका दैनिकका शीवहरी घिमीरे निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वास्थ्य खबरका डीवि खड्का रहेका थिए । सचिवमा ज्योती अधिकारी निर्वाचित भएकी छिन् । उनको प्रतिष्पर्धी प्रकाश शर्मा बस्याल रहेका थिए । कोषाध्यक्षमा सृजना खत्री निर्वाचित भएकी छिन् । प्रतिष्पर्धामा केदार गौतम रहेका थिए ।

सदस्यमा सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोला अधिकारी, उपेन्द्र खड्का, लक्ष्मी चौलागाईँ, बिना न्यौपाने र सृजना कार्की सर्बसम्मत निर्वाचित भएका छन् । लुम्विनी प्रदेशको संयोजकमा बासुदेब न्यौपाने, प्रवास संयोजकमा तुलसा घिमीरे र गण्डकी प्रदेशको संयोजकमा मोहसिन अलि मिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । बागमती प्रदेश संयोजकमा विरबहादुर तामाङ निर्वाचित भएका छन् । निर्वाचन प्रकृयामा ५५ जनाले मतदान गरेका थिए ।

 प्रकाशित :-  २०८१ माघ १२, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय