काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।

स्वास्थ्य सुधारोन्मुख भएपछि वैद्यलाई शुक्रवार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।

 प्रकाशित :-  २०८१ माघ ५, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय