काठमाडौँ, । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ ।

प्रयोगशालाले सिमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरेको हो ।
प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टले १४ वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए ।

उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरिएको हो ।

“सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमूना पठाउन भनेका छौ,” उनले, “डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छौ ।”

सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारको लागि तयारी अवस्था रहेकोले सवैलाई नडराउन आग्रह गरेको छ ।

यस्तैगरी प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी समेत गरेको छ ।
प्रयोगशालाका निर्देशक डा.भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमूना सङ्कलन गर्ने तयारी भइरहेको बताए ।

 प्रकाशित :-  २०८० पौष ९, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय