काठमाडौँ, । नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले लाखौ मानिसलाई आँखाको उज्यालो दिएका छन् ।
डा.रुइतले मोतिबिन्दु उपचार गर्ने सरल बिधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेका छन् । सोही लेन्सले अन्धोपन भएका मानिसलाई संसार देखाउने गरेको छ

। उनले बनाएको आँखामा हाल्ने लेन्स अन्तराष्ट्रिय स्तरको ‘इन्ट्राअकुलर लेन्स’ हो ।
गतबर्ष बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले विश्वमा आँखा उपचारमा गरेको योगदान ((इन्ट्राअकुलर लेन्स) वापत करिव १० लाख डलर बराबरको पुरस्कार सहित अबार्ड प्रदान गरेको थियो ।

अन्धोपन निवारणमा तपाईले आँखाको कस्तो खालको लेन्स बनाउनु भएको थियो ?
हामीले आधुनिक मोतियाविन्दुको शल्यक्रियालाई सरलकिरण ग¥यो । मोतियाविन्दुको शल्यक्रिया ३० औ बर्ष गरेका थियौ । तर हामीले सरलीकरण गरेर समुदाय सहित देशबाहिर हामीले पु¥याएका छौ ।
अर्का चाहि तिलगङ्गामा आँखामा हाल्ने लेन्स अन्तराष्ट्रिय स्तरको ‘इन्ट्राअकुलर लेन्स’ हो । त्यो लेन्स शुरु गर्दा १९९० शुरुमा अमेरिका लगायत विदेशबाट बनेर आउने गर्दथ्यो । यसको दाम एकयुनिटका २०० डलर जति पर्ने गर्दथ्यो । त्यसैले यो सर्वसाधरणको पहुँचमा रहेको थिएन ।
हामीले यहाँ छ सात बर्षमा धेरै मेहनेत गरेर नेपालमा यहि नै उत्पादन गर्न थाल्यो । त्यो लेन्सको दामलाई हामीले ५ डलरभन्दा कममा झा¥यौ । त्यो झार्ने वित्तिकै धेरै आँखाका विरामीले सेवा पाउने भए ।

लेन्स कस्तो हो त ?
लेन्स एकदमै स्पेसल प्लाष्टिकको मेटेरियल हो । यो आँखामा इनप्लान्ट भइसकेपछि मोतियाविन्दुको शल्यक्रियापछि मोटो चश्मा लगाउनुपदैन । यसले आँखाको नजरलाई मोतियाविन्दुको शल्यक्रियापछि राम्रो देख्नमा मद्दत गर्दछ । यो चाहि मोतियाविन्दुको शल्यक्रियाको पार्ट एण्ड पार्सल नै हो । यसरी हामीले तिलगंगामा नै लेन्स उत्पादन गर्दछौ । बाहिरपनि उत्पादन हुन्छ । यो धेरै नै सस्तो भएकोले जनसेवाका लागि उपलब्ध हुन्छ ।

तपाईले गतबर्ष ‘इसा अवार्ड फर सर्भिस टु’ अबार्ड पाउनु भएको थियो ? आँखा उपचारमा त्यस्तो के गरेवापत अवार्ड पाउनु भएको थियो ।
अन्धोपन निवारणमा मैले खेलेको भूमिकाको कारणले अवार्ड प्रदान गरिएको हो । नेपालजस्तो ठाउँबाट सर्घष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरे वापत प्रदान गरिएको हो । अन्धोपन निवारण गर्न अरु देशमा पनि हामीले सीपको विकास गरेका छौ । यो अबार्ड अन्तराष्ट्रिय योगदान नगरिकन दिइदैन ।
अबार्डमा नै अन्तराष्टिय रुपमा प्रभाव पारेको हुनुपर्दछ भन्ने लेखिएको थियो । अन्धोपन निवारणमा अरु देशमा पनि सफलतापूर्वक सम्पन्न गर्न सक्ने र त्यसले समुदायमा हरेक तत्काका मान्छेलाई छोउस् । मार्जिनाइज समुदायमा पनि पहुँच, सर्वसुलभ तरिकाले पुगोस भन्ने हिसावले पनि हेर्ने गर्दछ ।

पुरस्कार पाउने जस्तो लागेको थियो कि थिएन ?
मैले अबार्डका लागि कुनै पनि निवेदन दिएको पनि होइन । हामीले नोमिनेशन पनि गरेका थिएनौ । मैले पाइसकेपछि मात्र उहाँहरुले भन्नुभयो । मैले के चाही थाहा पाएको थिए भने सर्टलिष्ट चाहि मलाई पारेका छन् भन्ने कुरा ।

सर्टलिष्ट भएकोमध्ये मैले एक दुई वटा संघसंस्था नाम सुनेको थिए । ति संस्था कहाँ ठूला ठूला थिए । ठूला ठूला मान्छेहरु । त्यो ठाउँमा त हाम्रो पहुँच नै नपुगेको । पाउने चान्स नै कम रहेको थियो । अनि मलाई त्यस्तो खालको अबार्डमा नेपाली पाउन भन्ने विश्वास नै लागेको थिएन ।

१४५ वटा व्यक्ति तथा संस्थाले नोमिनेशन गरेको रहेछ । त्यो नोमिनेशनमा मेरो नोमिनेशन जुरी कमिटीले गरेको रहेछ । मैले आफैले नोमिनेशन गरेको होइन । जुरी कमिटीले कहिलेकाही यस्तो संस्थालाई अवार्ड दिने गर्दछ । मलाई कस्तो लाग्छ भने संसारमा प्रतिष्ठत अबार्डहरु धेरै पटक मैले के देख्छु भने भौगोलिक, राजनीतिक, आर्थिक, रणनीतिक र कनेक्टिभिट हिसावले जोडिएका देशहरुले मात्र पाउने गर्दछन ।

हामीलाई कसैले नोमिनेशन गर्न कुरा आएन । राज्यले पनि कामको मूल्याङ्कन गरेर नोमिनेशन गर्ने कुरा आएन । तर यो इशा अबार्डले यस्तो गर्दा रहेछ । यो अबार्ड असाध्यै इम्पार्टसियल र तल्लो तह (ग्रासरुट) मा प्रभावपार्ने खालको कार्यक्रमलाई दिदो रहेछ ।

नेपालीले धेरै काम नगरिकन माथि पुग्न सकिन्न । सायद अबार्डले गर्दा मैले सवभन्दा राम्रो नेपाल र नेपालीहरुको अलिकति खस्केको आत्मसम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रिय क्षेत्रमा माथि उठाएको मलाई अवसर प्रदान गरेको छ ।

तपाईले अबार्ड पाउदा कस्तो महसुस गर्नुभयो ?
मलाई यो अबार्ड पहिलो चोटी पाए भनेर सुन्दा आनन्द लाग्यो । अब नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठूलो अन्तराष्ट्रिय (ग्लोवल )अबार्ड पाए भनेर सुन्दा वित्तिकै एकछिन मलाई विश्वास पनि गर्न सकिन । अबार्डले मेरो जीवन भरिको लामो तपस्याको (३५ बर्ष) काम गरेको संसारमा कुनै संस्थाले सम्मान पनि गर्दा रहेछ भन्ने अनुभव भयो ।

तपाईले अन्धोपन हटाउनका लागि अभियान नै चलाउनु भएको थियो ?
हो हामीले विश्वमा नै अन्धोपनबाट हटाउनका लागि अभियान नै संचालन गरेका छौ ।
नेपालमा अरु विकासोन्मुख देशहरुमा अफ्रिका, एसियाको अरु देशमा नेपालमा विकास गरेको मोतिविन्दुका शल्यक्रियाको प्रणाली हामीले अरु देशमा पनि लगेर गयौ । त्यहाँका चिकित्सकलाई पनि तालिम गरायौ । त्यहाँ स्थानीय चिकित्सक देखायौ । बर्षमा ७० हजारदेखि एक लाख मानिसहरुलाई अन्धोपनबाट बचाउने गर्दछौ ।
हामीले धाना इथोपिया लगायत देशमा अभियान संचालन गरिसकेको छौ भने इण्डोनेसिय र लाओस देशमा गर्ने तयारीमा रहेको छौ ।
ति देशमा पनि हामीले अन्धोपन हटाउने गरेको प्रणालीलाई हामीले नेपालमा विकास भएको प्रणाली भनेर भन्ने गरेका छौ । नेपालमा पनि हामील ग्रामीण भेगमा गएर अन्धोपन निवारण गररहेका छौ

कर्णालीका मानिसहरुलाई आँखको पहुँच के कसरी पुगेको छ ?

कर्णाली पनि हामीले सुर्खेत आँखा अस्पतालसंग मिलेर कर्णालीका विभिन्न ठाउँमा काम गरिरहेका छौ । आँखाँका सुविधान नभएको ठाउँमा सुविधा पु¥याउने छौ ।

तपाईले ल्याएको सेवा अझ गरिवीहरुले पाउनका लागि के गरिदियोस भन्ने लाग्छ ?
सरकारले हामीसंग हातेमालो गरेर अगाडि बढ्नुपर्दछ । सरकार पहिले भन्दा धेरै नै सजिलो छ । हामीले यहाँ बनेको लेन्सलाई नेपालमा प्रयोग गर्नका लागि सजिलो बनाइदिनुप¥यो । प्रमाणिकरण नगरिकन बाहिरका लेन्स गैरकानून तरिकाले गरेर यहाँ आइरहेका छन् । त्यो नआओस । बाहिरबाट आउने लेन्स गैरकानूनी तवर बाट आइरहेका छन् । त्यसलाई रोक्नु पर्दछ । कानूनी रुपमा आए केही छैन ।

सरकारले लेन्सको उत्पादन बढाउनका लागि अलिकति आर्थिक सहयोग (फण्ड) मागेका छौ । त्यो फण्ड सरकारसंग अपेक्षा गर्दछौ । लेन्सलाई देशको नमूना बनाएर नै हामी उत्पादन गर्दछौ । अहिले बर्षको तीन लाख उत्पादन गरिरहेका छौ भने सरकारले सहयोग ग¥यो भने १५ लाख उत्पादन गर्दछौ । नेपालमात्र नभएर बाहिर पनि पठाउन सक्छौ ।

आँखाको उपचारको क्षेत्रमा नेपाल विश्वका कति औ स्थानमा रहेको छ ?
अहिले त्यो भन्न गारो हुन्छ । नेपालमा समुदायमा आँखाको सेवा पहिले भन्दा धेरै नै विकसित भएको छ ।

विश्वमा नेपालको आँखा सेवा कसरी उत्कृष्ट भयो ?
हामीकहाँ आँखाको उपचार सेवा सरल र सुलभ रहेको छ । अनि यसको गुणस्तर राम्रो छ । गुणस्तर राम्रो नभइकन सेवा लिन आउदैन । सरल, सुलभ र गुणस्तर भएको कारणले बाहिरबाट मानिसहरु नेपाल आउने गरेका छन् ।

अझ यो भन्दा राम्रो गर्न पाए
लेन्सको उत्पादन क्षमता बढाउनका लागि सरकारले सहयोग गर्नुप¥यो । त्यसका लागि अािर्थक सहयोगका लागि अनुरोध गरेका छौ । त्यो पाएदेखि सायद हामीले नमूना लेन्स उत्पादन गर्न सक्छौ भन्ने देखाउँछौ ।

लेन्सका लागि कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यो गारो हुन्न । लेन्सका हामीले धेरै नै उत्पादन गर्न सक्छौ ।

 प्रकाशित :-  २०८० पौष ३, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय