काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा बालरोग विशेषज्ञ डा. युवानिधि बसौला नियुक्त भएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

डा. बसौला यसअघि कान्ति बाल अस्पतालमा निर्देशक रहिसकेका छन् ।

डा. बसौला टेकु अस्पतालको निर्देशक भएसँगै टेकु अस्पतालको निर्देशक रहेकी डा. मनिषा रावल सरुवा भएकी छन् । डा. रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ ।

 प्रकाशित :-  २०८० मंसिर ११, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय