काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसंग भूकम्पबाट भएका घाइतेहरूको शिघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

आज राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसंग उहाले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बांकी नराख्न आग्रह गरेक थिए ।

सो अवसरमा उहांले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राखेक थिए ।

जाडोयामसंगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न पनि उनले आग्रह गरे ।

 प्रकाशित :-  २०८० कार्तिक २२, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय