काठमााडैँ, १८ कात्तिक ः सरकारले भुकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुमका उपचारका लागि चिकित्सक सहितको टोली गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको सहितको ४१ जनाको टोली त्यसतर्फ गएको जानकारी दिए ।
टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, शसस्त्र प्रहरी अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना चिकित्सक, नर्स रहेको छन् ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले स्वास्थ्य सामाग्री सहित गएको टोलीले भूकम्प प्रभावित क्षेत्रमा गएर घाइतको उपचार गर्ने बताए ।
“ चिकित्सक टोलीले जिल्ला असपताल नै घाइते विरामीको शल्यक्रिया गर्ने व्यवस्था सहित गएको छ” उनले भने, “हामीले आवश्यक अनुसार केन्द्रबाट अरु पनि जनशक्ति थप पठाउने छौ ।”
गएराती जाजरकोट र पश्चिम रुकुममा ६.४ म्याग्निच्युटको भूकम्पले गएको थियो । भूकम्पबाट ठूलो मानविय क्षति भएको जनाइएको छ ।

