काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारी जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदिप यादवले आज मन्त्रिस्तरिय निर्णय गर्दै स्वास्थ्यका उच्चअधिकारीको जिम्मेवारी हेरफेर गर्नु भएको उहाँ स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए ।
आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा. प्रदिप केसीलाई दिइएको छ ।
यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. यदुचन्द्र घिमिरे
भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्ण प्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा रविनराज सिंह मन्त्री यादवले दिनु भएको छ ।

 प्रकाशित :-  २०८१ जेष्ठ २४, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय