काठमाडौं, २७ चैत । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका लागि २७ जना सदस्यहरूको नाम मनोनयनका लागि घोषणा गर्नुभएको छ।
मनोनयनमा परेका सदस्यहरूमा अच्युत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुसुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल र गुरु प्रसाद बराल रहनुभएको छ। त्यसैगरी, समितिमा माननीय चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल (ललितपुर), झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल र प्रमिला कुमारी गच्छदारलाई पनि चयन गरिएको छ।
समितिका अन्य सदस्यहरूमा भीम कुमारी बुढा मगर, महाबीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, रहवर अन्सारी, राजन गौतम, राधिका रम्तेल, रिगला यादव, डा. लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव र सीता थपलिया रहनुभएको छ। सभामुखले प्रतिनिधि सभा नियमावली बमोजिम ती नामहरू सभाको सहमतिका लागि प्रस्तुत गर्नुभएको थियो।

