काठमाडौं। नेपालमै पहिलोपटक नेपाली चिकित्सकले नै कलेजो प्रत्यारोपण गरेका छन् ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकले नै पहिलो पटक नुवाकोटका ४१ बर्षिय एक पुरुषको पहिलो पटक कलेजो प्रत्यारोपण गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक कलेजो प्रत्यारोपण गरेका हुन्। यसअघिका प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोगमा गरिदै आएको थियो ।
ति पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको डा. भण्डारीले जानकारी दिए।
डा. भण्डारीले नेपालका लागि कोसेढुङ्गा र ऐतिहासिक पल. रहेको भन्दै नेपालमा दिगो कलेजो प्रत्यारोपण कार्यक्रम तर्फ ठूलो कदम रहेको बताएका छन् ।
“नेपाली टोलीद्वारा नेपालमा पहिलो सफल स्वतन्त्र जिवित दाताको कलेजो प्रत्यारोपण गरेकामा बधाई छ, कलेजो प्रत्यारोपण टोलीलाई । हाम्रो प्रत्यारोपण टोलीका प्रत्येक सदस्य ठूलो प्रशंसाको योग्य छन्,” उनले भनेका छन् “प्रमुख कलेजो प्रत्यारोपण शल्यचिकित्सकको हैसियतमा यस टोलीको नेतृत्व गर्न पाउँदा मलाई गर्व र विशेषाधिकार लागेको छ । ”
ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको डा भण्डारीले जानकारी दिए। उनका अनुसार ती पुरुषलाई बिहीबार डिस्चार्ज गरिने छ। कलेजो दान गरेकी मिहलाको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ।

