ताप्लेजुङ, । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन् ।
सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए ।
पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन। उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुग्नु पुगेका थिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो ।

