काठमाडौं । भोली मंगलबारदेखि वीर अस्पताल र ट्रमा सेन्टर विहान साढे आठ बजेदेखि खुल्ने भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिस्तरीय निर्णय अनुसार भोलीबाट वीर र ट्रमा सेन्टर साढे आठ बजेदेखि साढे चारबजेसम्म अस्पताल सञ्चालनमा आउने भएको हो ।
निर्णयपत्रमा भनिएको छ, ‘यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अर्न्तगतका वीर अस्पताल, नसिङ्ग क्याम्पस तथा ट्रमा सेन्टरमा अर्को व्यवस्था नहुँदासम्मका लागि मिति २०८० माघ १६ गते देखि लागू हुने गरी विहान ८ः३० बजेदेखि अपरान्ह ४ः३० बजे सम्म कार्यालय समय कायम गरी प्रशासनिक तथा नियमित ओ. पि. डि. सेवा प्रदान गरिने व्यहोरा यस प्रतिष्ठान ( उपकुलपतिस्तर) को निर्णयानुसार सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’
वीर अस्पताल र ट्रमा सेन्टर यसभन्दा अगाडी कार्तिक १६ देखि आज माघ १५ सम्म बिहान साढे आठदेखि साढे तीनसम्म सञ्चालनमा रहेका थिए । भोलि मंगलबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ ।

