अस्पतालका कार्यकारी निर्देशक भन्छन्ः यहि अवस्था रहे केहि वर्षमै मुटु शल्य चिकित्सकको अभाव खड्किन्छ
काठमाडौंः केहि वर्षमानै मुटु शल्य चिकित्सकको अभाव खड्किने देखिएको छ । विगत सात वर्षदेखि मुटु शल्य चिकित्सकको विधामा कोहिपनि पढ्न नआएकाले यहि अवस्था रहे केहि वर्षमानै मुटु शल्य चिकित्सकको अभाव राष्ट्रियस्तरमा देखिने भएको हो ।

आज सोमबार शहीद गंगालाल राष्ट्रिय केन्द्रको २८ औं वार्षिकोत्सबमा केन्द्रका कार्यकारी निर्देशक डा.रवी मल्लले यस्तो जानकारी दिएका हुन् । डा.मल्लले पढ्नका लागि तलब सहित १५० प्रतिशत भत्ता दिने निर्णय गरिएपनि कोहि अध्ययनका लागि नआएको बताए ।

उनले सन् २०२३ मा केन्द्रबाट एक लाख ९२ हजार ९९१ जनाले ओपीडी सेवा लिएको बताए । अस्पतालबाट १४ हजार ९८८ जनाले अन्तरंग सेवा लिएका छन् । केन्द्रमा विरामीको चाँप वढ्दै गएको भन्दै डा.मल्लले केन्द्रको क्षेमता विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘यस केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न सकिए अन्य देशहरुमा जस्तै एमबीबीएसबाट सिधै एमसिएचको पाठ्यक्रम लागु गरि अध्ययन अध्यापन गर्ने हुँदा सो अभाव पूर्ति गर्न सकिने छ । ’

केन्द्रले सर्जन अभावमा बालमुटु शल्य चिकित्सा विभाग गठन हुन नसकेको जानकारी दिए । अस्पतालबाट आर्थिक वर्ष २०७९\८० मा एक हजार सात सय १० जना विरामीको बिभिन्न खाले मुटुको शल्यकृया गरिएको अस्पतालको वार्षिक विवरणमा उल्लेख छ । यस्तै, दुई हजार पाँच सय ५० जनाको कोरोनरी एन्जीयोग्राफी गरिएको छ ।

 

 प्रकाशित :-  २०८० माघ १५, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय