गुल्मी, । धुर्कोट गाउँपालिका–६ अन्तर्गत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आन्तरिकरुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नति गरेको हो ।

अस्पताल १५ शय्यामा स्तरोन्नति भएसँगै बिरामीलाई भर्ना गरेर २४सै घन्टा सेवा प्रदान गर्न सकिने र आकस्मिक बिरामीलाई सहज हुने गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । अस्पतालको स्तरोन्नति भएसँगै अन्तरङ्ग सेवा थप गरिने अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच १५ शय्याको अस्पतालको सेवा सुभारम्भ गरे । सेवा शुभारम्भ गर्दै प्रदेश सरकारले सबै जिल्लाका पालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने उनले बताए।

अस्पताल स्तरोन्नति भएसँगै चार कर्मचारी थप गर्नुपर्ने भए पनि हाललाई उक्त जनशक्ति पालिकाले आन्तरिकरुपमा व्यवस्थापन गरेको छ । सो अस्पतालमा धुर्कोट गाउँपालिकाका साथै मदाने र मालिका गाउँपालिकाका नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । अस्पतालबाट हाल प्रसुति सेवा, ल्याब, ओपिडीलगायत आधारभूत सेवा प्रवाह भइरहेका छन् ।

 प्रकाशित :-  २०८० माघ १५, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय